भक्तपुरको झौखेलमा सर्ने भयो शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र

काठमाडौं, २१ जेठ । भक्तपुर अस्पताल परिसरमा सञ्चालित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र अब चाँगुनारायण नगरपालिका – ३ झौखेलमा स्थानान्तरण हुने भएको छ ।

सरकारले झौखेलमा केन्द्रका नाममा ३२ रोपनी जग्गा उपलव्ध गराएपछि त्यस ठाँउमा स्थानान्तरण हुने भएको हो । गत १३ जेठमा बसेको मन्त्रिपरिषद बैठकले केन्द्रलाई झौखेलमा जग्गा उपलव्ध गराउने निर्णय गरेको थियो ।

केन्द्रका निर्देशक प्राडा प्रेमराज ज्ञवालीले मन्त्रिपरिषदको निर्णयसंगै भूमि सुधार मन्त्रालयबाट केन्द्रको नाममा जग्गा प्रमाणपत्र प्राप्त भइसकेको बताए ।

‘अब झौखेलमा ५०० बेडको अत्याधुनिक प्रत्यारोपण बन्ने छ । पहिले जग्गा छुट्याउँछौँ । त्यसपछि डिपिआर बनाउने तयारीमा छौँ । पाँच बर्ष भित्र ५०० बेडको अत्याधुनिक अस्पताल सञ्चालनमा आउनेछ,’ निर्देशक डा ज्ञवालीले भने ।

केन्द्र निर्माणका लागि सरकारले गतवर्ष बजेट छुट्याएको थियो । यो बर्ष भने बजेट छुट्याएको छैन् । ‘गतवर्ष बजेट परेको थियो । तर जग्गा पाएनौँ । अब जग्गा पाएका छौँ । बजेटको पनि व्यवस्था होला,’ प्राडा ज्ञवालीले भने ।

सात बर्ष अघि स्थापित प्रत्यारोपण केन्द्रमा करीव ७०० जनाको मिर्गौला प्रत्यारोपण भएको छ । पछिल्लो समय त्यहाँ कलेज प्रत्यारोपण समेत हुन थालेको छ ।

सुविधा थपिदै जाँदा सेवाग्राहीको चाप धान्न अहिले रहेको स्थानमा मुस्किल भइरहेको छ ।

चाँगुनारायणमै वीर अस्पतालको विस्तारित सेवा अन्तरगर्त अत्याधुनिक अस्पताल पनि बन्दैछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *