स्वास्थ्यकर्मीको सुरक्षा सम्वन्धी अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौ, २० जेठ । सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी ऐन २०६६ लाई संसोधन गर्न बनेको अध्यादेश ल्याउने भएको छ । आज साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदले अध्यादेश ल्याउने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।

उनले भने, ‘यो निकै पहिले नै आउनु पर्ने विषय थियो । स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हुने आक्रमणलाई नियन्त्रण गर्नका लागि ल्याउनै पर्दथ्यो । र त्यो ल्याउने निर्णय भएको छ ।’

मन्त्री ज्ञवालीले स्वास्थ्यले पठाएको मस्यौदामा केही संसोधन गरेर पास गरेको बताए ।

आजै अपरान्ह नेकपा एमालेको स्वास्थ्य विभागले गरेको कार्यक्रममा त्यसका प्रमुख रहेका खगराज अधिकारीले छिटै अध्यादेश सम्वन्धी निर्णय हुने बताएका थिए ।

उनले अध्यादेशमा आफूहरुले थप केही संसोधनका बुधाहरु दिएको समेत जानकारी दिएका थिए ।

यता नेपाल चिकित्सक संघले पनि एक साता भित्र अध्यादेश ल्याउन सरकारलाई अल्टीमेटम दिएको थियो ।

पछिल्लो समय भेरी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गरेपछि अध्यादेशबाटै पहिलेको कानून संसोधन गर्न चर्को माग भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *