देशभर थप ५३१६ जनामा कोरोना संक्रमण, ७२१९ जना संक्रमणमुक्त

काठमाडौँ, १९ जेठ । पछिल्लो चौबिस घण्टमा देशभर थप ५ हजार ३ सय १६जना कोरोना संक्रमित थपिएका छन् ।

यहि अवधीमा थप ७ हजार २१९ जना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । त्यसैगरी आज थप १ सय १ जना संक्रमितले ज्यान गुमाएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ९६९ , भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी थप १ हजार ४ सय ५६ जना थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा कृष्ण पौडेलले दिएको जानकारी अनुसार चौविस घण्टामा थप १३ हजार ८०५ जनाको पीसीआर र ३ हजार ७३ जनाको एन्टीजेन विधिबाट कोभिड १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल ५ हजार ३१६ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा १ हजार ४ सय ४६ जना र भेन्टीलेटरमा ३८५ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *