मंगलबार थप ६ हजार ८५ जनामा संक्रमण ६ हजार ८९८ जना निको भए

काठमाडौँ, १८ जेठ । पछिल्लो केही दिन यता ४ हजारको हाराहारीमा देखिने गरेको कोरोना संक्रमितको संख्या आज केही बढेको छ । तर निको हुनेको संख्यालाई भने उछिनेको छैन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा ६ हजार ८५ जनामा कोरोना देखिदा ६ हजार ८९८ जना निको भएका छन् । यहि अवधीमा संक्रमणमा परेका ६८ जनाको ज्यान गएको छ । आजको मृत्युसंख्या पछिल्लो चार साता यताकै कम हो ।

मन्त्रालयले मंगलबार १७ हजार १४७ जनाको पीसीआर र ३ हजार १८ जनाको एन्टीजेन गरी कुल २० हजार १६५ जनाको परीक्षण गरेको थियो । त्यसमध्ये ५ हजार २८५ जनाको पीसीआरमा र ८०० को एन्टीजेनमा गरी ६ हजार ८५ जना पोजेटिभ आएको हो ।

मन्त्रालयले अहिले देशमा १ लाख ४ हजार ७८९ जना कोरोनाका सक्रिय संक्रमित रहेको जनाएको छ । उसले अहिले कोरोना मुक्त हुने दर ८०.२ प्रतिशत पुगेको जानकारी दिएको छ ।

काठमाडौँ उपत्यकामा मंगलबार १ हजार ५३८ जनामा संक्रमण देखिएको छ । काठमाडौँमा १ हजार ६० जना, ललितपुरमा २६३ जना र भक्तपुरमा २१५ जना संक्रमित थपिएका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *