तिब्बत र बेइजिङबाट मंगलबार नौ लाख डोज भेरोसेल आउँदै

काठमाडौँ, १७ जेठ । चीन सरकारले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोपमध्ये ९ लाख डोज मंगलबार (भोलि) काठमाडौँ आइपुग्ने भएको छ । बाँकी एक लाख डोज भने बुधबार (पर्सी) आइपुग्ने बताइएको छ ।

यसअघि जस्तै नेपाल आउने सबै खोप सिनोफार्मले उत्पादन गरेको भेरोसेल हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगतको खोप शाखाप्रमुख डा. झलक गौतमले हिमालय एयरलायन्सको विमानले मंगलबार विहानै तिब्बतबाट अन्य स्वास्थ्य सामग्री सहित एक लाख डोज खोप ल्याउने बताए । उनले अर्को एक लाख डोज तिब्बतबाट बुधबार आउने जानकारी दिए ।

यस्तै बेइजिङबाट नेपाल एयरलायन्सको विमानले दिउसो मंगलबार (भोलि) दिउसो २ बजेसम्ममा ८ लाख डोज भेरोसेल लिएर आउँदै छ । खोप लिन वाइडवडी विमान आज राती ११ बजे त्यसतर्फ प्रस्थान गर्दैछ ।

गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी जीनपिङसंग टेलिफोन सम्वाद गर्दै खोप उपलव्ध गराउन आग्रह गरेकी थिइन । त्यस लगत्तै चीनले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको थियो । घोषणा गरेको एक साता भित्रै सो खोप नेपाल आउने भएको हो ।

डा. गौतमले खोप आएपछि ढिलाई नगरी अभियान प्रारम्भ गर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *