आज पनि नयाँ संक्रमित भन्दा निको हुने बढी, नयाँ संक्रमित ४७६२ जना

काठमाडौँ, १७ जेठ । पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमित थपिने भन्दा कोरोनामुक्त हुनेको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पनि कोरोनाका नयाँ संक्रमित भन्दा कोरोनामुक्त हुनेको संख्या बढी देखिएको छ ।

मन्त्रालयका अनुसार १५ हजार ५५ जनाको पीसीआर र २ हजार ४२५ जनाको एन्टीजेन गरी कुल १७ हजार ४८० जनाको परीक्षण गर्दा ४ हजार १७८ जना पीसीआर र ५८४ एन्टीजेनमा गरी कुल ४ हजार ७६२ जनामा पोजेटिभ देखिएको छ ।

यो संख्या अनुसार संक्रमणदर २७ दशमलव २४ प्रतिशत रहेको छ ।

सोही अवधीमा ६ हजार ४९१ जना निको भएका छन् । यहि अवधीमा ११४ जनाको भने संक्रमणबाट ज्यान गएको छ ।

यस्तै काठमाडौँ उपत्यकामा सोमबार १ हजार २६३ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौँमा ८९० जना, भक्तपुरमा १२१ जना र ललितपुरमा २५२ जना गरी कुल १ हजार २६३ जनामा संक्रमण देखिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *