यस्तो छ सुर्तिजन्य पदार्थको प्रयोग नियन्त्रणका १० बर्ष अघि नै बनाइएको जरिवाना सम्वन्धी व्यवस्था

काठमाडौँ, १७ जेठ ।  आज विश्व धूमपानरहित दिवस । विश्व स्वास्थ्य संगठन डव्लुएचओले यसबर्षको नारा सुर्तिजन्य कुलत त्याग्ने प्रतिज्ञा गर्नुहोस कुलत त्याग्नेहरु नै बास्तविक विजेता हुन् भन्ने तय गरेको छ । आज यहि नाराका साथ नेपाल सहित विश्वभर धूमपानरहित दिवस मनाइदैछ ।

दिवसको मुख्य उद्धेश्य सुर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नु नै हो । किनभने यसको प्रयोगले विश्वमा बार्षिक ८० लाख बढीको ज्यान जाने गरेको छ । नेपालकै कुरा गर्दा २७ हजार बढीले यसकै प्रयोगबाट हुने रोगका कारण ज्यान गुमाई रहेका छन् ।

डव्लुएचओका अनुसार विश्वभर ७८ करोड बढी व्यक्तिले सुर्तिजन्य पदार्थ प्रयोगलाई त्याग्न खोजिरहेका छन् । तर ती मध्ये एक तिहाई कमले मात्रै त्याग्नका लागि सही परामर्श वा बातावरण पाएका छन् ।

नेपालमा सुर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण गर्न दश बर्ष अघि नै कानून बनाइएको छ । तर सो कानून अहिले पनि पूर्ण रुपमा पालना भएको भने पाइदैन् ।

के छ ? सुर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ का प्रावधानहरु
१. सार्वजनिक स्थलमा धूमपान तथा सुर्र्तिजन्य पदार्थ सेवन गर्न पाइदैन् । यदि गरेको पाइएमा १०० रुपैयाँ जरिवाना वा हाताबाट निष्कासन वा दुबै सजाय हुनसक्छ ।

२. कुनै पनि सञ्चारमाध्यमबाट सुर्तिजन्य पदार्थको विज्ञापन, कार्यक्रम समाचार सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाइदैन् । यति गरेमा १ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुनसक्छ ।

३. १८ बर्ष भन्दा कम उमेरका बालबालिका तथा गर्भवतीलाई सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न गराउन वा निशुल्क उपलव्ध गराउन पाइदैन् । यदि गरेमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।

४. सुर्तिजन्य पदार्थप्रति आकर्षण हुने गरी सजावट वा प्रदर्शन गर्न पाइदैन् । यदि गरेमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।

५. फुटकर रुपमा चुरोट बिडी वा सिगारको खिल्ली बिक्री बितरण गर्न पाइदैन् । यदि गरेमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।

६. निशुल्क रुपमा सुर्तिजन्य पदार्थ वितरण गर्न वा उपहार दिन पाइदैन । यदि यस्तो गरेको भेटिएमा १० हजार रुपैयाँ जरिवाना हुनसक्छ ।

७. कार्यालय र सार्वजनिक स्थलमा धूमपान तथा सुर्तिसेवन निषेधको सूचना टाँस गर्नुपर्ने व्यवस्था छ । यदि नगरेमा त्यस्तो कार्यालयले ५ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुनसक्छ ।

८. सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न इजाजत पत्र अनिवार्य लिनु पर्छ यदि नलिएको खण्डमा १० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *