खोप लिन चीन जाँदै नेपाल एयरलायन्सको वाइडबडी विमान

काठमाडौँ, १७ जेठ । नेपाल एयरलायन्सको वाइडबडी विमान चीनले अनुदानमा दिने घोषणा गरेको कोभिडबिरुद्धको खोप लिन आज बेइजिङ प्रस्थान गर्दैछ । राति ११ बजे बेइजिङको लागि उड्ने उक्त विमानले मंगलबार (भोलि) दिउँसो साढे २ बजे खोप लिएर फर्किने तालिका छ ।

गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसंगको टेलिफोन सम्वादपछि चिनियाँ राष्ट्रपति सी जीनपिङले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए ।

नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनले दिन लागेको खोप लिन विमान सोमबार बेइजिङ जान लागेको जानकारी दिए । उनका अनुसार तौल बढी नभएको खण्डमा ८ लाख डोज खोप ल्याउने तयारी गरिएको छ ।

थप दुई लाख खोप तिब्बत सरकारले उपलव्ध गराउने बताइएको छ ।

चीनले यसअघि अनुदानमा ८ लाख डोज भेरोसेल खोप उपलव्ध गराएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *