कोभिड र नन् – कोभिड हेर्ने गरी वीर अस्पतालमा दुई जना उपनिर्देशक नियुक्त

काठमाडौँ, १६ जेठ । कोभिड र नन् -कोभिड बिरामीको उपचार व्यवस्थापन गर्न वीर अस्पतालमा दुई जना उपनिर्देशक नियुक्ति गरिएको छ ।  डा अशेष ढुंगाना र डा नविन पोखरेललाई उपनिर्देशकको जिम्मेवारी दिइएको हो ।

कोभिड -१९ युनिफाइड केन्द्रीय अस्पतालमा परिवर्तन भएको वीर अस्पतालमा कोभिड उपचार व्यवस्थापनका लागि प्रमुख कन्सलटेन्ट चेस्ट फिजिसियन सह प्राडा  ढुंगाना र नन् कोभिडतर्फको उपचार व्यवस्थापनका लागि बरिष्ठ कन्सलटेन्ट एनेस्थेसियोलोजिष्ट डा. पोखरेललाई उपनिर्देशक बनाइएको हो ।

कोभिड – १९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी प्राडा जागेश्वर गौतमले आइतबार दुई जना उपनिर्देशक नियुक्त गरेका हुन् ।

सरकारले गत ७ जेठमा जारी गरेको कोभिड १९ संकट व्यवस्थापन सम्वन्धमा व्यवस्थ ागर्न बनेको अध्यादेशको दफा ६ (१) मा संक्रमितको निदान र उपचारको काम एकीकृत रुपमा सञ्चालन र व्यवस्थापन गर्न वीर अस्पताललाई कोभिड युनिफाइड केन्द्रीय अस्पतालको रुपमा रहने उल्लेख छ ।

उपदफा २ मा केन्द्रीय अस्पतालको सञ्चालन स्वास्थ्य मन्त्रालयले गर्ने भनिएको छ । डा गौतम सोही अस्पतालको प्रमुख हुन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *