कोभिड – १९ युनिफाइड केन्द्रीय अस्पताल एक साता भित्र सञ्चालनमा आउने

काठमाडौँ, ११ जेठ । कोभिड – १९ युनिफाइड केन्द्रीय अस्पताल एक साता भित्र सञ्चालनमा आउने भएको छ । सरकारले अहिले वीर अस्पताललाई कोभिड -१९ युनिफाइड केन्द्रीय अस्पतालको रुपमा रुपान्तरण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गर्ने सो युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको रुपमा प्राडा जागेश्वर गौतमलाई नियुक्त भैसकेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता समेत रहेका ११ एघारौँ तहका चिकित्सक डा गौतमलाई सोमबार स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले मन्त्रीस्तरीय निर्णय गर्दैै सो जिम्मेवारी दिएका थिए ।

आज कार्यभार सम्हाल्न पुगेका प्राडा गौतमले एक साता भित्रै युनिफाइड केन्द्रीय अस्पतालको रुपमा सर्जिकल व्लकमा समेत सेवा सूचारु गर्ने बताए । ‘आज अरु केही निर्णय भएको छैन् । यहि युनिफाइड अस्पतालको रुपमा सर्जिकल भवनबाट समेत सेवा दिने गरी एक साता भित्रै सञ्चालनमा ल्याउने निर्णय गरेका छौँ । आजबाटै मैले त्यसका लागि आवश्यक कार्य शुरु गरिसेकेको छु,’ उनले भने ।

यसअघि मन्त्रीपरिषदले सर्जिकल व्लकमा ५०० बेडको कोभिड डेडिकेटेड अस्पताल बनाउने निर्णय गरेको थियो । गत ७ जेठमा जारी भएको कोभिड -१९ संकट व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ ले वीर अस्पताललाई कोभिड -१९ युनिफाइड केन्द्रीय अस्पताल बनाउने उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *