सीसीएमसीको सीईओमा बालानन्द शर्मा नियुक्त

काठमाडौँ, ११ बैशाख । कोभिड – १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् ।

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले   निर्देशक समितिको सीईओमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त  गर्ने निर्णय गरेको  प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए । नव नियुक्त शर्माले सचिव सरहको सेवा सुविधा पाउनेछन् ।

कोभिड-१९ संकट व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न बनेको अध्यादेशमा प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशक समिति बनाइएको थियो । सोही समितिले शर्मालाई सीईओ नियुक्त गरेको हो ।

यसअघि यसअघि सीसीएमसीको संयोजक उपप्रधानमन्त्री ईश्वर पोख्रेल थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *