स्वास्थ्य संकटकाल लगाउने गृह कार्यमा स्वास्थ्य मन्त्रालय

काठमाडौँ, १० जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य संकटकाल लगाउनका लागि गृह कार्य अघि बढाएको बताएको छ । उसले केही कामहरु अरु मन्त्रालयसंग समेत सम्वन्धीत भएकोले प्रस्ताव मन्त्री परिषदमा लैजान बाँकी रहेको स्पष्ट पारेको छ ।

सोमबार मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा सचिव लक्ष्मण अर्यालले स्वास्थ्य संकटकाल लगाउन अघि गर्नुपर्ने तयारीमा अहिले लागिरहेको बताए । उनले अरु मन्त्रालयसंग समेत केही विषय जोडिएकोले त्यसमा केही काम बाकि रहेको भन्दै छिटै नै स्वास्थ्य संकटकालको प्रस्ताव मन्त्रिपरिषद समक्ष लैजाने जानकारी दिए ।

उनले केही जनस्वास्थ्य निरीक्षक नियुक्ति लगायतका कार्यहरु बाँकी रहेको समेत बताएका थिए ।

त्यसअघि स्वास्थ्य मन्त्री हृदयेष त्रिपाठीले स्वास्थ्य संकटकाल लगाउने विषयमा आफू सकारात्मक रहेको बताएका थिए । उनले पनि आवश्यक प्रक्रिया पुरयाई स्वास्थ्य संकटकाल लगाउने जानकारी दिएका थिए ।

पछिल्लो समय काठमाडौँ उपत्यकाका सहित देशभर संक्रमण दर केही कम देखिए पनि बिरामी गम्भीर हुने र मृत्यु हुने अवस्थामा न्युनिकरण देखिएको छैन् । स्वास्थ्यका विज्ञहरुले तत्काल संकटकाल लगाउन सुझाव दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत बिहीबार कोभिड -१९ संकट व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेकी छन् । सरकारले सोही अध्यादेश अनुसार स्वास्थ्य संकटकाल लगाउने तयारीमा रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *