अमेरिकामा ३८ प्रतिशत जनताले पाए कोभिडबिरुद्धको दुबै खोप

68
Shares

न्यूयोर्क, ९ जेठ । अमेरिकामा कूल २८ करोड १५ लाख ९५ हजार ३ सय ५१ जनाले कम्तिमा एक खोप लगाएका छन । त्यहाँ पूर्ण खोप लगाउनेको संख्या ३८ प्रतिशत भएको छ ।

एक मात्रा खोप मात्र लगाउनेको संख्या ४९ प्रतिशत पुगेको छ । अमेरिकाको कूल जनसंख्या संख्या ३३ करोड १४ लाख छ भने ३५ करोड ४९ लाख खोप आपूर्ति भै सकेको सरकारी अधिकारीले बताएका छन् ।

संक्रमणको अवस्था हेर्दा अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट २७ हजार १९१ जना संक्रमित भएका छन् । यो अवधिमा कोरोना भाइरस सङ्क्रमित ५८९ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट संक्रमण हुनेको संख्यामा बिगत दुई हप्तामा ३८ प्रतिशतले कमी आएको पनि अमेरिक स्वास्थ्य मन्त्रालयले बताएको छ । अमेरिकामा हाल सम्म कूल ५ लाख ८८ हजार ८ सय ४९ जनाको निधन भएको छ भने पछिल्लो दुई हप्तामा १४ प्रतिशतले मृत्यु संख्या घटेको छ ।

हाल अमेरिकामा ३० हजार ७ सय ६३ जना अस्पतालमा कोरोना संक्रमितहरु भर्ना भएका छन भने भर्ना हुनेको संख्या २२ प्रतिशतले घटेको छ ।

शुक्रबार अमेरिकामा १० लाख ४३ हजार ७०७ जनाले कोरोनाको जाँच गराएका छन् । शनिवार बिहानसम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या तीन करोड एक लाख पाँच हजार ३२५ रहेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *