नेपालको कोराना संक्रमणको विषयमा बेलायतको संसदमा ११ मिनेट छलफल (भिडियो)

काठमाडौँ, ८ जेठ । नेपाललाई तत्काल कोरोना खोप र अन्य स्वास्थ्य सामाग्री उपलव्ध गराउने भन्ने विषयमा बेलायती संसदको माथिल्लो सदन हाउस अफ लर्ड्समा छलफल भएको छ । बिहीबार को बैठकमा ११ मिनेट नेपालको कोरोना महामारी र सहयोग गर्ने विषयमा छलफल भएको हो ।

सांसदहरुको प्रश्नमा बेलायती विदेश मन्त्रालयका तर्फबाट लर्ड अहमद अफ विम्वल्डनले जवाफ दिएका थिए । उनले सो क्रममा बेलायतले कोभ्याक्समार्फत खोप उपलब्ध गराउन लागेको बताएका थिए ।

यसअघि नै नेपाललाई ३ लाख ४८ हजार भाइल खोप कोभ्याक्सले उपलव्ध गराईसकेको भन्दै थप खोप पनि उपलव्ध हुने जवाफ दिएका थिए । उनले नेपाली अधिकारीहरुसंग आफ्नो नियमति सम्पर्क रहेको भन्दै कसरी सहज छिटो र प्रभावकारी सहयोग गर्न सकिन्छ भन्ने विषयमा विचार विमर्स भइरहेको बताए ।

यसरी उठ्यो बेलायती संसदमा नेपालको कोरोना संक्रमणको विषय :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *