आज अमेरिका, स्वीटजरल्याण्ड, सिंगापुरबाट ठूलो परिमाणमा स्वास्थ्य सामग्री आउँदै

काठमाडौ, ८ जेठ । कोरोना महामारीविरुद्धको अभियानमा नेपाललाई अमेरिका, युरोप र एसियाका देशबाट सहयोग हुने क्रम जारी रहेको छ । स्वीटजरल्याण्ड सरकारको सहयोग लिएर आएको स्वीस एयरको विमान काठमाडौँ अवतरण गरिसकेको छ । आज नै अमेरिका र सिगापुरबाट स्वास्थ्य सामग्री बोकेका अरु दुईवटा कार्गो विमान काठमाडौँ आइपुग्ने छ ।

अमेरिकाले युएसएआईडी मार्फत स्वास्थ्य सामग्री नेपाल पठाएको हो । अहिले पठाएको स्वास्थ्य सामग्रीसहित अमेरिकाले यता १५ महिनामा पाँच करोड अमेरिकी डलर बराबरको स्वास्थ्य सहयोग दिएको जनाएको छ । उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री सहित उपचारका लागि खटिने स्वास्थ्यकर्मीले प्रयोग गर्ने सामग्री आउने बताइएको छ ।

यस्तै स्वीस सरकारले कार्गो विमानबाट पठाएको ३० टन स्वास्थ्य सामग्री शनिबार विहान काठमाडौँ आईपुगको छ । उक्त स्वास्थ्य सामग्रीमा ४० भेन्टिलेटर, १० अक्सिजन कन्सनटेटर, ११ लाख थान एन्टीजेन टेष्ट किट, स्वास्थ्य सुरक्षा उपकरणसहितको सामग्री आएको नेपालस्थित स्वीस दुतावासले जनाएको छ ।

यता सिंगापुरबाट पनि आजै चार्टर उडानले स्वास्थ्यसामग्री ल्याउँदैछ । तेमासेक फाउन्डेशन, मिरिक्सेस प्रालि सिंगापुर र लोटसलाईफ फाउन्डेशन सिंगापुरको सहयोगमा कार्गो जहाजमार्फत सामग्री आउने भएको हो । सिंगापुरबाट १ लाख २३ हजार पीसीआर किट, ५० युनिट बाई प्याप, पल्स अक्सिमिटर ४ हजार थान, स्वाब किट२ लाख ५५ हजार, आरएन एक्सटयाक्सन मेसिन २ वटा, आरएन एक्सटयाक्सन किट २५६० वटा, टेलि भेन्टिलेटर ३० वटा, भेन्टिलेटर ६ वटा आउन लागेको बताइएको छ ।

यसअघि भारत, चीन, स्पेन लगायतका देशहरुले कोभिडबिरुद्ध आवश्यक स्वास्थ्य सामग्री आइसकेको छ । गैर आवासीय नेपाली संघ (एनआरएन)ले पनि ओमान लगायतका विभिन्न देशबाट स्वास्थ्य सामग्री पठाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *