काउन्सिलमा दर्ता भएका डाक्टरहरुलाई टेलिकमको नि:शुल्क ‘अनलिमिडेट भ्वाइस प्याक’को सुविधा

काठमाडौँ, १४ जेठ । नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकले एक महिनासम्म नेपाल टेलिकमबाट नि:शुल्क ‘अनलिमिटेड भ्वाइस प्याक’को सुविधा पाउने भएका छन् । काउन्सिल र टेलिकमबीच भएको सम्झौँता अनुसार चिकित्सकले यस्तो सुविधा पाउने भएका हुन् ।

सुविधा प्रयोग गर्नका लागि चिकित्सकले टेलिकमबाट जारी गरिएको मोवाइल नम्बर लिएको हुनुपर्नेछ र सो नम्बर चिकित्सक स्वयंको नाममा दर्ता भएको हुनुपर्ने व्यवस्था छ ।

काउन्सिल रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले चिकित्सकहरु कोभिडबिरुद्धको अभियानमा द्रुत स्वास्थ्य सेवामा खटिनुपर्ने र मोवाईलबाट समेत स्वास्थ्य सम्वन्धी परामर्श दिनुपर्ने भएकोले टेलिकमसंगको सम्झौतामा यो सुविधाअहिले एक महिनाका लागि लागू गर्न लागिएको बताए । त्यसपछिको अवधीमा पनि काउन्सिल र टेलिकमबीच थप सम्झौँता हुने बताए ।

काउन्सिलले सुविधा लिनका लागि चिकित्सकहरुलाई अनलाइन फारम भर्न आव्हान गरेको छ । यो आव्हानमा चिकित्सकहरुले उत्साहवर्दक सहभागिता जनाएको डा अधिकारीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *