औषधि उत्पादक संघले भन्यो – ‘नेपालमा बन्दै आएको औषधिको अभाव छैन, हुन दिदैनौं’

सांकेतिक तस्बिर

काठमाडौं, ७ जेठ । केही दिन यता नेपाली बजारमा सिटामोल लगायतका औषधि अभाव भएको चर्चा चलेको छ । विराटनगरका औषधि व्यवसायीले त औषधि व्यवस्था विभागलाई चिठी लेखेर अभाव भएको बारेमा ध्यानाकर्षण समेत गराएका थिए ।

तर, नेपालमा औषधि उत्पादन गर्ने उत्पादकहरुको संस्था नेपाल औषधि उत्पादक संघ (एपोन)ले भने बजारमा चर्चा चलेजस्तो औषधिको अभाव नभएको दावी गरेको छ ।  उसले आफ्ना कम्पनीले उत्पादन गर्दै आएका कुनै पनि औषधि अभाव हुन नदिने प्रतिवद्धता जनाएको छ ।

एपोनका महासचिव विप्लव अधिकारीले शुक्रबार जारी गरेको विज्ञप्तीमा औषधिको अभाव नहुने भन्दै आम सर्वसाधारणलाई नआत्तिन आग्रह गरिएको छ । बजारमा अभाव भएका भनिएका औषधिको मौज्दात समेत सार्वजनिक गर्दै महासचिव अधिकारीले कुनै पनि औषधि अभाव नहुने र हुन नदिने प्रतिवद्धता दोहोर्‍याए ।

उनले कोभिड -१९ को उपचारमा अत्यधिक प्रयोग हुने औषधिको बजारमा सामान्य भन्दा धेरै गुणा माग भएको र आन्तरिक ढुवानी तथा कुरियर सेवामा भएको अवरोधका कारण केही दिन देखि समयमा औषधि सम्वन्धित ठाँउमा पुर्‍याउन ढिलाई भएको बताए । उनले अगाडी भने,  ‘हामीसंग औषधिको मौज्दात नभएर वा उत्पादन क्षमता नभएर अभाव भएको होइन । आयातलाई प्रोस्ताहन गर्ने र स्वदेशी उद्योगको मानमर्दन गर्नेहरुले चलाएको हल्लामात्रै हुन् । विश्वास नगर्नुहोला ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *