बिहीबार देशभर थपिए ८३०५ जना कोरोना संक्रमित, १९० जनाको ज्यान गयो

काठमाडौँ, ६ जेठ । पछिल्लो चौविस घण्टामा देशभर थप ८ हजार ३०५ जना कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा १९० जनाको ज्यान गएको छ ।

यहि अवधीमा ६ हजार ५४३ जना भने कोरोना मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही वेर अघि सार्वजनिक गरेको विहीबारको कोरोना अपडेटमा २१ हजार ६९५ जनाको पीसीआर र ३९२ जनाको एन्टीजीन विधिबाट गरी कुल २२ हजार ८७ जनाको परीक्षण गर्दा क्रमश ८ हजार २२७ जना पीसीआरबाट र ७८ जना एन्टीजेनबाट गरी कुल ८ हजार ३०५ जनामा (३७.६० प्रतिशत) पोजेटिभ आएको हो ।

पछिल्लो अपडेटपछि देशमा कोरोना संक्रमणमा पर्नेको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ । सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ जना रहेका छन् । संक्रमणमा परि निको हुनेको संख्या ३ लाख ६६ हजार ९४६ जना र मृत्यु हुनेको संख्या ५ हजार ८४७ जना पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *