कोरोनाबिरुद्धको लडाईमा तिब्बतको साथ : लिक्वीड अक्सिजन, आइसीयू बेड, सिलिन्डर र किट आउँदै

काठमाडौँ, ६ जेठ । चीनको स्वशासित क्षेत्र तिव्वत सरकारले नेपालको कोरोना महामारी नियन्त्रण अभियानका लागि अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

बिहीबार विहान ल्हासामा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य समाग्री नेपाली प्रतिनिधिलाई हस्तान्तरण गरेको नेपालका लागि चिनियाँ राजदुत हाउ याङछीले ट्वीटर मार्फत जानकारी दिएकी छन् ।

सहयोग समाग्रीहरुमा ३० हजार लिटर लिक्विड अक्सिजन, ८ सय वटा अक्सिजन सहितको सिलिन्डर , १० वटा अक्सिजन कन्सन्ट्रेटर , ५ वटा भेन्टिलेटर, २ सय वटा आइसियु वेड, र १५ हजार एन्टिजेन किट रहेको छ । बुधबार मात्रै चीनको सिचुवान प्रान्तले अत्यावश्यक स्वास्थ्य सामग्री सहितको चार्टर विमान नेपाल पठाएको थियो ।

यता बेइजिङबाट अत्यावश्यक अक्सिजन सिलिन्डर तथा कन्सनटेटर सहितका स्वास्थ्य सामग्रीहरु आउने क्रम जारी रहेको छ । नेपाल एयरलायन्सको वाइडबडी जहाजले दिनहुँ बेइजिङबाट ती सामग्री कार्गो गरी ल्याइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *