मौज्दात रहेको कोभिसिल्डबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मीलाई दोस्रो मात्रा दिइने

काठमाडौँ , ६ जेठ । सरकारले मौज्दात रहेको कोभिडबिरुद्धको खोप कोभिसिल्ड यसअघि दोस्रो मात्रा लगाउन छुटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मीलाई दिने निर्णय गरेको छ । यस्तै २३ फागुन अघि पहिलो प्राथमिकतामा परी खोप लगाएका तर दोस्रो मात्रा लिन छुट भएका व्यक्तिले समेत पाउनेछन् ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको आइसीएस कमाण्डको बैठकले प्रदेश तथा जिल्लामा मौज्दात रहेको कोभिसिल्ड खोप कोभिड १९ को महामारीमा अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मी लगायत २३ फागनु भन्दा अघि पहिलो प्राथमिकतामा परी दोस्रो मात्रा लिन छुट भएका व्यक्तिलाई दिने दिने निर्णय गरेको हो ।

बैठकले जिल्ला कोभिड -१९ खोप समन्वय तथा अनुगमन समितिबाट छिटो निर्णय गरी उपयुक्त समय निर्धारण गरी खोप सेवा सञ्चालन गर्न समेत अनुरोध गरेको छ ।

यस्तै बैठकले भेरोसेलको दोस्रो मात्रा सञ्चालन गरिएका काठमाडौँ उपत्यकाका तीन सहित अरु चारवटा जिल्लामा समय तालिका नबाझिने गरी कार्यक्रम सञ्चालन गर्न भनेको छ ।

अहिलेसम्म नेपालमा कोभिसिल्ड र भेरोसेल गरी पहिलो मात्रा खोप लिनेको संख्या २१ लाख बढी छ । दोस्रो मात्रा लिनेको संख्या ७ लाख नाघेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *