चीनको सिचुवान प्रान्तले विमान चार्टर गरी पठायो साढे ५ करोड बढीको स्वास्थ्य सामग्री

608
Shares

काठमाडौँ, ५ जेठ । चीनको सिचुवान प्रान्तले कोभिड – १९ संक्रमणको खराब अवस्थाबाट गुज्रिरहेको नेपाललाई पुन अत्यावश्यक स्वास्थ्य सामग्री पठाएको छ । स्वास्थ्य सामग्री बोकेको सिचुवान एयरलायन्सको कार्गो विमान बुधबार विहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार सिचुवान प्रान्तले सरकारलाई सहायता स्वरुप प्रदान गरेको ३.०६ मिलियन आरएमबी (५ करोड ५५ लाख रुपैयाँ बढी)को कोभिडबिरुद्धको स्वास्थ्य सामग्री विमान चार्टर गरी पठाएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज आएको सामग्रीहरुमा केही अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्यकर्मीले प्रयोग गर्ने पीपीई, मास्क लगायतका अत्यावश्यक स्वास्थ्य सामग्रीहरु रहेका छन् ।

यसअघि चीनले कोरोनाबिरुद्धको अभियानलाई सहयोग पुरयाउन उपलव्ध गराएको अक्सिजन सिलिन्डर तथा अक्सिजन कन्सन्ट्रेटर नेपाल एयरलायन्सको वाइडवडी विमानले दिनहुँ बेइजिङबाट ल्याइरहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *