‘भारतमा अति कडा मानिएको कोरोनाको नयाँ भेरिएन्ट नेपालमा प्रसस्तै’

काठमाडौँ, ४ जेठ । भारतमा तहल्का मच्चाएको कोरोनाको नयाँ भेरियन्ट नेपालमा पनि देखिएको छ । यो नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै नै संक्रामक र जोखिमपूर्ण रहेको विभिन्न अध्ययनहरुले पुष्टी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न भागबाट गत हप्ता संकलिन कोभिड १९ संक्रमितहरुका ३५ वटा नमूनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जीन सिक्वन्सिङका लागि भारत पठाएको थियो । सीएसआईआर इन्स्टिच्युट अफ जिनोमिक एन्ड इन्टेग्रेटिभ बायोलोजी भारतमा गरिएको परीक्षणबाट नयाँ भेरियन्ट पुष्टि भएको हो ।

‘गतवर्ष चीनको वुहानमा देखिएको भाइरसको फरक रुप केही महिना अघि बेलायतमा देखियो । जसलाई  युके भेरियन्ट अर्थात वी १.१.७ नामले चिनिएको थियो । यो केही समय अघि नेपालमा आएको थियो । अहिले वी .१.६१७.२ र वी.१.६१७.१ नयाँ भेरियन्ट पनि देखियो । यी पछिल्ला भाइरस भारतमा भेटिएको र तहल्का मच्चाएका भाइरस हुन् । जसलाई इन्डियन भाइरस पनि भन्न थालिएको छ । यो संख्या यसपटक बढी देखियो,’ स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलले भने ।

नेपालले गत साता पठाएको ३५ वटा नमूना मध्ये ९७ प्रतिशत (३४ वटा)मा बी.१.६१७.२ र तीन प्रतिशतमा (१ वटा) मा बी.१.६१७.१ भेरियन्ट भेटिएको छ ।

यो संगै नेपालमा परिवतर्तित भाइरस सहित तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनले १० मे २०२१ मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरिन्यन्ट अफ कन्सर्न भनि घोषणा समेत गरेको छ ।

हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहका व्यक्तिलाई धेरै नै संक्रामक र जोखिम पूर्ण रहेको भन्दै मन्त्रालयले स्वास्थ्य सावधानी अपनाउन सबैलाई अपिल गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *