केयुद्धारा बीएण्डसीलाई सम्वन्धन दिने निर्णय, सहमति र सिट संख्या दिन आयोगलाई पत्र

काठमाडौँ, ३ जेठ ।  काठमाडौँ विश्वविद्यालय (केयु )ले झापास्थित वीएण्डसी मेडिकल कलेज (प्रस्तावित)लाई सम्वन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको छ । गत ३१  बैशाखमा सम्पन्न केयु कार्यकारी परिषदको ६२५ औँ बैठकले वीएण्डसीलाई सम्वन्धनको सहमति दिन आयोगलाई सिफारिस गरेको हो ।

त्यसअघि केयुको ८९ औँ बैठकले वीएण्डसीको सम्वन्धन प्रक्रिया अघि बढाउने निर्णय गर्दै गत २२ देखि २६ बैशाखसम्म उक्त कलेजको प्रारम्भिक निरीक्षण गरेको थियो । सोही निरीक्षण प्रतिवेदन अनुसार ३१ बैशाखको बैठकले सम्वन्धनका लागि अनुरोध गर्ने निर्णय गरेको हो ।

केयुले आयोगलाई पठाएको पत्रमा वीएण्ड सी लाई चिकित्सा शिक्षा ऐन २०७५ को दफा १३ (६) अनुसार यस विश्वविद्यालयले सम्वन्धनको लागि सहमति दिने र सीट संख्या सहित स्वकृतिका लागि तहाँबाट आवश्यक निर्णय गरिदिनु हुन कार्यकारी परिषदको ३१ बैशाखमा सम्पन्न ६२५ औँ बैठकले निर्णय गरेको उल्लेख छ ।

के छ दफा १३ (६)मा ?
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि यो ऐन जारी भएपछि एक विश्वविद्यालयले पाँच भन्दा बढी शिक्षण संस्थालाई सम्वन्धन दिन सक्ने छैन । तर यो ऐन जारी हुनुभन्दा अघि सम्वन्धन् दिई सकेका र मनसाय पत्र लिई मापदण्ड पुरा गरेका काठमाडौ उपत्यका बाहिरका शिक्षण संस्थाका हकमा यो प्रावधान लागु हुने छैन । काठमाडाँै उपत्यका बाहिरका अन्य शिक्षण संस्थाका हकमा आयोगले निर्णय गरे बमोजिम हुनेछ । आयोगले निर्णय गर्दा यस ऐनको कुनै पनि कुराले बाधा पुग्ने छैन ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *