काठमाडौँ उपत्यकामा थप ३ हजार ९८ जनामा कोरोना संक्रमण


काठमाडौँ, ३ जेठ। पछिल्लो चौबिस घण्टामा काठमाडौँ उपत्यकामा थप ३ हजार ९८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको विवरण अनुसार उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २ हजार ३४६, भक्तपुरमा २९८ र ललितपुरमा ४५४ जना गरी थप ३ हजार ९८ जना थपिएका हुन्।

त्यसैगरी आज देशभर थप ९ हजार २४७ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप ५ हजार ७६७ जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी आज थप २१४ जना संक्रमितको मृत्यु भएको छ । नेपलमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार २१५ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *