सोमबार थप ९२४७ जनामा कोरोना संक्रमण, २१४ जनाको मृत्यु

काठमाडौँ, ३ जेठ । पछिल्लो चौविस घण्टामा देशभर थप ९ हजार २४७ जनामा कोरोना संक्रमण देखिएको छ । सोही अवधीमा ५ हजार ७६७ जना निको भएका छन् । संक्रमणबाट यसै अवधीमा थप २१४ जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह सार्वजनिक गरेको कोरोना अपडेटमा २१ हजार ६५३ जनाको पीसीआर र ४३४ जनाको एन्टीजेन गरी कुल २२ हजार ८७ जनाको परीक्षण गर्दा क्रमश ९ हजार १९८ को पीसीआर पोजेटिभ र ४९ जनाको एन्टीजेन गरी कुल ९ हजार २४७ जनाको कोभिड १९ पोजेटिभ आएको उल्लेख गरेको छ ।  यो संख्या कुल परीक्षणको ४१.८६ प्रतिशत हो ।

मन्त्रालयले आजको मृत्युको संख्यामा पनि नेपाली सेनाद्धारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका संख्या समेतलाई जोडिएको स्पष्ट गरेको छ ।

पछिल्लो विवरणसंगै नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० पुगेको छ । यस्तै कोभिड १९बाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ । निको हुने दर ७४.४ प्रतिशत रहेको छ ।

संक्रमित हुनेमा आज पनि सबैभन्दा बढी २ हनार २२० जना ३० देखि ३९ बर्ष उमेर समूहका छन् । त्यसपछिको बढी २० देखि २९ बर्ष उमेर समूहका संक्रमितको संख्या २ हजार १४ जना रहेको छ ।

९ बर्ष मुनिका संक्रमितको सख्या आज २१९ जना रहेको छ भने ९० बर्ष माथिका संक्रमित हुनेको संख्या १३ रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *