भेरोसेलको खोपको दोस्रो मात्रा पहिलो दिन करीव १६ हजारले लगाए

काठमाडौँ, ३ जेठ । सरकारले आम सर्वसाधारणलाई कोभिडबिरुद्धको चिनिया खोप भेरोसेलको दोस्रो डोज हिजो (आइतबार)बाट दिन शुरु गरको छ । हिजो पहिलो दिन काठमाडौँ भक्तपुर र काभ्रेमा भेरोसेल लगाइएको थियो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले भेरोसेल दोस्रो डोज शुरु गरेको पहिलो दिन तीन जिल्लामा १५ हजार ८८६ जनाले लगाएको बताएको छ ।

महाशाखा अन्तरगतको खोप शाखा प्रमुख डा झलक गौतमका अनुसार पहिलो दिन काठमाडौँमा १४ हजार २७२ जना, भक्तपुरमा ७६० जना र काभ्रेमा ८५४ जनाले भेरोसेलको दोस्रो डोज लगाएको जानकारी दिए ।

सरकारले गत २५ चैत देखि १५ बैशाखसम्म उपत्यकाका तीन सहित ७ जिल्लामा यो खोपको पहिलो डोज दिएको थियो । त्यसको दोस्रो डोज आइतबार देखि आगामी ११ जेठसम्म लगाइने बताइएको छ । खोप लगाउनका लागि जिल्ला स्वास्थ्य कार्यालयहरुले खोप केन्द्रहरु तोकेका छन् ।

 संसद सचिवालयमा कोभिसिल्ड खोपको दोस्रो डोज १७८९ जनाले लगाए
यसैबीच महाशाखाले संघीय संसद सचिवालयसंगको समन्वयमा संघीय संसदका सदस्य (सांसद, मन्त्री) कर्मचारी तथा पत्रकारहरुलाई कोभिडबिरुद्धको अर्को खोप कोभिसिल्डको दोस्रो मात्रा दिन शुरु गरेको थियो ।

पछिल्लो तीन दिन सञ्चालन गरेको यो खोप अभियानमा कुल १ हजार ७८९ जनाले दोस्रो डोज खोप लगाएको डा गौतमले जानकारी दिए ।

उनका अनुसार पहिलो दिन ७७९ जना, दोसूो दिन ९५० जना र तेस्रो दिन ६० जनाले सो खोप लगाएका छन ।

तोकिएका व्यक्तिभन्दा बाहिरका व्यक्तिहरु खोपका लागि घुस्न थालेपछि संसद सचिवालयले आइतबारबाटै खोप बन्द गरेको छ । संसद सचिवालयले पहिलो डोज खोप भने १ हजार ४६५ जनालाई मात्रै लगाएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *