केन्द्रीय तथा प्रादेशिक अस्पताललाई भेन्टिलेटर, अक्सिजन र एचडीयूको व्यवस्था गर्न अर्थद्धारा ४ अर्व ३१ करोड बजेट स्वीकृत (सूचीसहित)

काठमाडौँ, २ जेठ । अर्थ मन्त्रालयले कोभिड १९ को उपचार सेवा दिइरहेका केन्द्रीय तह र प्रादेशिक तहका अस्पतालहरुमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक, एचडीयू लगायतका उपकरण तथा पूर्वाधार निर्माणका लागि ४ अर्व ३१ करोड ८५ लाख ६० हजार रुपैयाँ खर्च गर्न स्वास्थ्य मन्त्रालयलाई सहमति दिएको छ ।

अर्थले गत २७ बैशाखमा दिइएको दु्रत क्ष्ँेत्र कार्ययोजनामा दिइएको स्रोतको सहमति अन्तरगर्त रहेर २६ वटा केन्द्रीय तहका अस्पताल र ९ वटा प्रादेशिक तहका अस्पतालका लागि भेन्टिलेटर अक्सिजन प्लान्ट र ट्याक्ट निर्माणका लागि २ अर्व ९५ करोड २० लाख रकम छुट्याएको छ ।

यस्ते १६ वटा केन्द्रीय अस्पताल र ५ वटा प्रादेशिक अस्पतालमा एचडीयू स्थापना गर्न १ अर्व ३६ करोड ६५ लाख ६० हजार रुपैयाँ खर्च गर्न स्वीकृति दिएको हो ।

कुन अस्पतालका लागि कति बजेट स्वीकृत भयो ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *