स्वास्थ्य मन्त्रालयले गर्‍यो दुई डाक्टर सहित एघारौँ तहका तीन जनाको पदस्थापन

काठमाडौँ, २ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहमा भर्खरै बढुवा भएका दुई जना चिकित्सक सहित तीन जनाको पदस्थापन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले आइतबार मन्त्रस्तरीय निर्णय गर्दै डा पवनजंग रायमाझीलाई स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाको जिम्मेवारी तोकेका छन् ।

यस्तै डा रोशन न्यौपानेलाई भरतपुर अस्पतालको मेडिकल सुपरीटेन्डेनको जिम्मेवारी तोकेका छन् । यस्तै बरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झालाई प्रदेश स्वास्थ्य निर्देशनालयको २ नं प्रदेशको निर्देशक पदमा जिम्मेवारी तोकेको मन्त्रालयका सहसचिव दामोदर रेग्मीले जानकारी दिए ।

उपचारात्मक महाशाखामा यसअघि जिम्मेवारीमा रहेका डा मदनकुमार उपाध्यायको मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारीमा छन् । यस्तै भरतपुर अस्पताल र प्रदेश स्वास्थ्य निर्देशनालयमा निमित्तको भरमा चलेको थियो ।

मन्त्री त्रिपाठीले गत साता मात्रै तीन जना एघारौँ तहका स्वास्थ्यकर्मीहरुको जिम्मेवारी हेरफेर गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *