वरिष्ठ ग्याष्ट्रोइन्टेरोलोजिष्ट डा. आइएल आचार्यको निधन

प्राडा आइएल(ईश्वरलाल) आचार्य

काठमाडौँ, २ जेठ । वरिष्ठ ग्याष्ट्रोइन्टेरोलोजिष्ट प्राडा आइएल(ईश्वरलाल) आचार्यको निधन भएको छ ।

सानेपास्थित स्टार अस्पतालमा उपचारका क्रममा ८३ बर्षीय डा आचार्यको आज विहान ३ बजे निधन भएको हो ।

अस्पतालका प्रबन्ध निर्देशक डा शैल रुपाखेतीले कोरोना संक्रमणको कारण भएको निमोनियाबाट डा आचार्यको आज बिहान मृत्यु भएको पुष्टि गरे ।

‘डा आचार्य गत १८ बैशाखमा कोभिड पोजेटिभ भई उपचारका लागि आउनु भएको थियो । आउँदा नै फोक्सोमा ७५ खरावी थियो । हामीले त्यसपछि हाइफ्लो अक्सिजनसहित हाइकेयर युनिटमा उपचार थाल्यौँ । डा निजर, डा विश्व, डा अनिल सहितको टोलीले उहाँको उपचार गर्नु भएको थियो । त्यसपछि सुधार पनि देखिएको थियो । २९ बैशाखमा त उहाँको कोभिड रिपोर्ट नेगेटिभ आएको थियो ।  तर हिजो साँझ एक्कासी स्वास्थ्य अवस्था विग्रियो । तत्काल भेन्टिलेटरमा राख्यौँ तर आज विहान उहाँको निधन भयो,’ डा रुपाखेतीले भने ।

ग्याष्ट्रोइन्टेरोलोजि क्षेत्रका पिता भनेर चिनिने आचार्यले पछिल्लो समय स्टार अस्पतालमा स्थापना गर्न लागेको जीआई सेन्टरको नेतृत्व गरेका थिए । डा रुपाखेतीले डा आचार्यको निधनले चिकित्सा क्षेत्रमा अपूरणिय क्षति पुगेको छ बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *