२ जेठ देखि काठमाडौँको यी ठाँउमा गएर लगाउन सकिन्छ ‘भेरोसेल’को दोस्रो डोज

काठमाडौँ, ३१ बैशाख । स्वास्थ्य कार्यालय काठमाडौंले आगामी २ जेठ देखि शुरु गर्न लागेको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउनका लागि जिल्लाभर खोप केन्द्र तोकेको छ ।

गत २५ चैत देखि १५ बैशाखसम्म पहिलो मात्रा भेरोसेल लगाएकाहरुलाई २ जेठ देखि ११ जेठसम्म दोस्रो खोप लगाउने तालिका छ । सो अवधीमा पहिलो डोज लिएका १८ देखि ५९ बर्ष उमेरका व्यक्तिले आफूलाई पायक पर्ने स्थानमा गई दोस्रो डोज लिन सकिने बताइएको छ ।

तोकिएका खोप केन्द्रमा विहान १० देखि अपरान्ह ४ बजेसम्म खोप लगाइने बताइएको छ ।

यी हुन काठमाडौँका खोप केन्द्रहरु

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *