स्वास्थ्य मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी क्रमश: त्रिपाठी र रावतलाई

काठमाडौँ, ३१ बैशाख । बिहीबार गठन भएको केपी ओली नेतृत्वको नयाँ सरकारको  मन्त्री तथा राज्यमन्त्रीको जिम्मेवारी पुरानैले पाएका छन् । सोही अनुसार स्वास्थ्य तथा जनसंख्या जनसंख्या मन्त्रीको जिम्मेवारी हृदयेष त्रिपाठीले पाएका छन । यस्तै स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी नवराज रावत पाएका छन् ।

गत २७ वैशाखमा प्रतिनिधिसभामा ओलीले विश्वासको मत नपाएर पदमुक्त भएका थिए । तर राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दिएको समयमा कसैको दावी नपरेपछि बिहीबार संविधानको धारा ७६ (३) अनुसार ओली संसदको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पुनःप्रधानमन्त्री नियुक्त भएका थिए ।

नव नियुक्त स्वास्थ्य मन्त्री तथा राज्यमन्त्रीले आजै सितल निवासमा पुगेर पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *