सभामुख सापकोटाले कोरोना विरुद्धको दोस्रो डोज कोभिसिल्ड खोप लगाए

काठमाडौँ, ३१ बैशाख । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले कोरोना विरुद्धको दोस्रो डोज कोभिसिल्ड खोप लगाएका छन् । संघीय संसद भवन नयाँ बानेश्वर पुगेर सापकोटाले कोभिसिल्ड खोपको दोस्रो डोज कोभिसिल्ड खोप  लगाएका हुन् ।

संघीय संसद सचिवालयले सूचना जारी गरी पहिलो चरणको कोभिसिल्ड खोप लगाई आठ हप्ता पुगिसकेका राष्ट्रिय सभाका अध्यक्ष संसदीय ससंद सचिवालयका कर्मचारी लगायतलाई आजदेखि कोभिसिल्ड खोपको दोस्रो डोज लगाउने जनाएको थियो । आजदेखि जेठ २ गतेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म खोप कार्यक्रम संचालन हुने बताइएको छ ।

खोप लगाउन जाँदा कोभिसिल्ड खोप लगाएको खोप कार्ड अनिवार्य रुपमा साथमा लैजान सचिवालयले आग्रह गरेको छ ।

यता स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा झलक गौतमले संघीय संसदका पदाधिकारी, सदस्य तथा कर्मचारी गरी कुल १ हजार ४५० जनालाई दोस्रो डोज कोभिसिल्ड खोप दिइन लागेको बताए । उनले भने, ‘संघीय संसदका पदाधिकारी तथा सदस्यहरुले २३ फागुन अगावै पहिलो डोज कोभिसिल्ड लगाउनु भएको हो । र सो संख्या पनि सानो भएकोले हामीले उहाँहरुको लागि दोस्रो डोज शुरु गरेका हौँ ।’

उनले २३ फागुन पछि समुदायस्तरमा चलाइएको ६५ बर्ष माथिकालाई दोस्रो डोज दिने कार्यक्रम भने थप खोप आएपछि मात्रै सम्भव हुने बताए । दोस्रो डोज लिन बाँकी ६५ बर्ष माथिकाको समूह करीब १० लाख रहेको छ ।

त्यसो त काठमाडौँ उपत्यका सहित देशका ७ जिल्लामा लगाइएको भेरोसेलको दोस्रो मात्रा पनि आगामी २ जेठ देखि शुरु गरिदैछ । यो खोप ४ सातामै दोस्रो मात्रा लगाउनुपर्ने भएकोले भेरोसेलको पालो छिटो आएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *