सभामुख तथा सांसदहरुले भोलिदेखि दोस्रो डोज ‘कोभिसिल्ड’ खोप लगाउँने

काठमाडौँ, ३० बैशाख । प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष सहित दुबै सदनका सांसदहरुलाई भोलि (शुक्रबार) देखि कोभिडबिरुद्धको दोस्रो डोज खोप कोभिसिल्ड लगाइदै छ । पहिलो डोज खोप लगाएको आठ साता पुगेकोले उनीहरुलाई भोलि देखि तीनदिनसम्म दोस्रो डोज खोप लगाइने संसद सचिवालयले जनाएको छ ।

सांसदहरुले खोप लगाउँदा सचिवालयका कर्मचारी, सहयोगी सवारी चालक, संदीय पत्रकार लगायतले पनि दोस्रो डोज खोप लगाउनेछन् ।
संसद सचिवायले क कसले कहिले कहाँ गएर दोस्रो डोज खोप लगाउन सक्ने भनेर सूचना जारी गरेको छ ।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा झलक गौतमले सांसदहरुले २३ फागुन अगावै पहिलो चरणको कोभिसिल्ड खोप लगाएको र यो संख्या १ हजार ४५० बढी नभएकोले उनीहरुका लागि मौज्दात खोप लगाइन लागेको जानकारी दिए । उनले २३ फागुन पछि समुदायस्तरमा चलाइएको ६५ बर्ष माथिकालाई दोस्रो डोज दिने कार्यक्रम भने थप खोप आएपछि मात्रै सम्भव हुने बताए । दोस्रो डोज लिन बाँकी ६५ बर्ष माथिकाको समूह करीब १० लाख रहेको डा गौतमले बताए ।

त्यसो त काठमाडौँ उपत्यका सहित देशका ७ जिल्लामा लगाइएको भेरोसेलको दोस्रो मात्रा पनि आगामी २ जेठ देखि शुरु गरिदैछ । यो खोप ४ सातामै दोस्रो मात्रा लगाउनुपर्ने भएकोले भेरोसेलको पालो छिटो आएको हो ।

सांसदहरुले खोप लगाउने तालिका यस्तो छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *