७२ वटा अस्पतालले लगे साढे १८ हजार भाइल रेम्डेसिभिर, कसले कति लगे ? (सूची सहित )

काठमाडौँ, २९ बैशाख । आयान हेल्थ केयर प्रालिले हिजो बंगलादेशबाट ल्याएको २२ हजार भाइल रेम्डेसिभिर औषधि (इन्जेक्सन) कोरोनाको उपचार हुने अस्पतालहरुमा वितरण शुरु भएको छ । बुधबार आयानले उपत्यका र मोफसलका गरी ७२ वटा अस्पताललाई र बिरामीका आफन्तलाई समेत गरी १८ हजार ५०२ भाइल रेम्डेसिभिर वितरण गरेको छ ।

‘अहिलेलाई अस्पतालहरुले मागेजति मात्रामा रेम्डेसिभिर वितरण गरेका छौँ । यसले बिरामीहरुलाई थप राहत पुग्नेछ,’ आयानका सीईओ मोहम्मद कमालले भने । उनले आउने जतिले आज प्रतिभाइल ४ हजार ९ सय रुपैयाँको दरले रेम्डेसिभिर लगेको जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिउसो नै आवश्यक परेकाहरुले रेम्डेसिभिर खरीद गर्नु भनेर आयान हेल्थकेयरका प्रतिनिधिहरुको नम्बर सार्वजनिक गरेको थियो । उपत्यका बाहिरका अस्पतालहरुले पनि आजै आएर औषधि लिएर गएका छन् ।

आयानले आगामी २५ तारिक भित्र थप २५ हजार भाइल रेम्डेसिभिर आइपुग्ने बताएको छ ।

नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले रेम्डेसिभिर औषधिको अभाव नहुने भन्दै कोही कसैले अनावश्यक रुपमा औषधि घरमा लगेर नराख्न र कालाबजारीलाई प्रोत्साहित हुने कार्य नगर्न आग्रह गरेका छन् । उनले अरु आयातकर्ताहरुले पनि रेम्डेसिभिर ल्याउँदै गरेको भन्दै रेम्डेसिभिर अभाव नहुने स्पष्ट पारेका छन् ।

कुन अस्पतालले कति लगे औषधि ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *