१०० बेड माथिका निजी तथा सामुदायिक अस्पतालहरुले १५ दिन भित्र अक्सिजन प्लान्ट जडान गर्नुपर्ने

काठमाडौँ, २९ बैशाख । सरकारले १०० बेड माथिका सबै निजी तथा सामुदायिक अस्पतालहरुले आजको १५ दिन भित्र अक्सिजन प्लान्ट जडान गर्नुपर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेष त्रिपाठीको उपस्थितिमा आज बसेको आइसीएस पदाधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

कोभिडको उपचारका लागि अक्सिजन अभाव भएपछि धेरै निजी अस्पतालहरुले नयाँ बिरामी भर्ना लिन छाडेको बताउँदै आएका छन् । सरकार आफैले पनि अक्सिजन उपलव्ध गराईदिन सकेको छैन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अब १०० बेड माथिका सबै खाले अस्पतालले १५ दिन भित्र आफ्नै अक्सिजन प्लान्ट जडान गर्नुपर्ने निर्णय भएको बताए । उनले सो कार्यका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तरमापन तथा नियमन महाशाखाले सहजीकरण गर्ने समेत स्पष्ट पारे ।

देशभर कोरोना अनियन्त्रित रुपमा बढदै जाँदा अस्पतालहरुमा अहिले अक्सिजन हाहाकार भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *