‘कोभिडबिरुद्धको लडाइँमा खटिने सबै नर्सप्रति उच्च सम्मान’

228
Shares

काठमाडौँ, २९ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड संक्रमितको उपचारमा खटिने नर्सहरुप्रति उच्च सम्मान रहेको बताएकी छन् ।

अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा नर्सहरुलाई शुभकामना दिने क्रममा राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘विश्वव्यापी महामारी –कोभिड १९)बिरुद्धको लडाइँमा अग्रभागमा रहेर संक्रमितहरुको हेरचाहमा अहोरात्र खटिनु भएका सम्पूर्ण नर्सहरुको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तराष्ट्रिय नर्स दिवस तथा २०१ औँ फ्लोरेन्स नाइइन्टेङ्गेल जयन्तीको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

यता स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेष त्रिपाठीले शुभकामना सन्देश दिदै कोभिडबिरुद्धको लडाईँमा दिनरात नभनी बिरामीको सेवामा लग्ने नर्सहरुप्रति हार्दिक कृत्तज्ञता व्यक्त गर्दछु भनेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *