कोरोना महामारीमा जुध्न स्वास्थ्यलाई थप १४ अर्वको स्रोत सुनिश्चित

काठमाडौँ, २८ बैशाख । कोरोना महामारीमा जुध्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अर्थ मन्त्रालयले थप १४ अर्वको स्रोत सुनिश्चित गरेको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अर्थले सो परिमाणमा स्रोत सुनिश्चित गरिदिएको हो ।

स्वास्थ्य मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा सचिव लक्ष्मण अर्यालले स्वास्थ्य सम्वन्धी सामग्री, उपकरण खरीद, जनशक्ति व्यवस्थापनका लागि थप १४ अर्वको स्रोत सुनिश्चिता भएको बताए । उनले भने, ‘यो महामारीसंग जुन्धनका लागि यतिवेला हामीसंग अक्सिजन बनाउनु छ । सिलिन्डर खरीद गर्नुछ । आइसीयू एचडीयू बेड थप्नु छ । यसका लागि सरकारी तथा निजी क्षेत्र अगाडी बढ्नु पर्ने देखिएको छ । स्रोतका लागि समस्या हुँदैन । हामीले पनि सहयोग गर्न सक्छौँ । आजै मात्रै अर्थले थप १४ अर्वको लागि स्रोत सुनिश्चितता गरिदिएको छ ।’

सम्मेलनमा उनले अहिले अक्सिजन सिलिन्डर भन्दा पनि उत्पादन नै कमी भएको बताए ।

‘उत्पादन क्षमता ८ हजार सिलिन्डरका लागि रहेछ । तर अहिले माग १४ हजार बढीको छ । त्यसैले अहिले अक्सिजनको समस्या भएको हो । तर हामीले यसलाई छिटै समाधान गर्ने प्रयासमा छौँ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *