सोमबार उपत्यकामा थपिए ३६०७ जना कोरोना संक्रमित


काठमाडौँ, २७ बैशाख । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ३ हजार ६०७ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो ४ हजार १९८ जनामा संक्रमण पुष्टि भएके थियो ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जारी गरेको बिबरण अनुसार काठमाडौँका तीन जिल्ला मध्ये काठमाडौँमा २ हजार २७५ भक्तपुरमा ३२७ र ललितपुरमा ५०५ जना गरी थप ३ हजार ६०७  जनामा कोरोना संक्रमण पुष्टि भएकोे हो ।

त्यसैगरी देशभर आज ९ हजार २७१ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमणबाट थप १३९ जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल १७ हजार ६३२ जनाको पीसीआर र ७८८ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ९ हजार २७१ जना पोजेटिभ पाइएको हो । यहि अवधीमा ४ हजार ७ जनाले कोरोना जितेर निको भई डिस्चार्ज भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *