काठमाडौँ उपत्यकामा आज ४१०६ जनामा कोरोना संक्रमण

काठमाडौँ, २४ बैशाख । काठमाडौँ उपत्यकामा शुक्रबार थप ४ हजार १०६ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या हिजो भन्दा १३४ जनाले बढी हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३ हजार ८९ जना, ललितपुरमा ६४३ जना र भक्तपुरमा ३७४ गरी कुल ४ हजार १०६ जनामा संक्रमण देखिएको हो ।

उपत्यकामा थपिएको आजको संक्रमण देशभर देखिएको कुल संक्रमणको ४४.६२ प्रतिशत हो । आज देशभर ९ हजार १९६ जनामा कोरोना पुष्टि भएको छ । कोभिड १९ पोजेटिभ भएको यो संख्या एकै दिन देखिएको आजसम्मकै बढी हो ।

काठमाडौँ जिल्लामा अहिले २५ हजार९४० जना सक्रिय संक्रमित छन् । अहिलेसम्म यहाँ ८१४ जनाको मृत्यु भएको छ । भक्तपुरमा अहिले ३ हजार २५२ जना सक्रिय संक्रमित छन् । अहिलेसम्म यो जिल्लामा १६८ जनाको कोभिड १९बाट ज्यान गएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *