काठमाडौँ उपत्यकामा थप ३९७२ जनामा कोरोना संक्रमण

काठमाडौँ, २३ बैशाख । काठमाडौँ उपत्यकामा बुधबार थप ३ हजार ९७२ जनामा कोरोना संक्रमण देखिएको छ । अघिल्लो दिनको तुलनामा यो संख्या ८५३ जनाले कमी हो । मंगलबार उपत्यकामा मात्रै ४ हजार ८२५ जनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहीवेर अघि सार्वजनिक गरेको कोभिड अपडेटमा उपत्यकाको तीन जिल्लामध्ये भक्तपुरमा २४२ जना, ललितपुरमा ५६७ जना र काठमाडौँमा ३ हजार १६३ जनामा कोरोना संक्रमण देखिएको हो ।

हिजो उपत्यकाका देखिएको संक्रमण देशभर देखिएको कुल संक्रमणको ५६ प्रतिशत थियो । तर आज देशभर देखिएको कुल संक्रमणको ४४ प्रतिशत मात्रै उपत्यकाको तीन जिल्लामा देखा परेको छ ।

त्यसो त देशभर आज संक्रमितको संख्या अहिलेसम्मकै बढी हो । आज देशभर ९ हजार ७० जनामा कोरोना संक्रमण देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *