चार जना सांसदलाई कोरोना पुष्टि

काठमाडौँ, २३ बैशाख । प्रतिनिधि सभाका चार जना सदस्य (सांसद)हरुलाई कोरोना संक्रमण पुष्टि भएको छ । आगामी २७ बैशाखका लागि डाकिएको संसदको विशेष अधिवेशनमा सहभागी हुनका लागि संघीय संसदले प्रतिनिधि सभाको १९५ जना सांसद सहित १ हजार १३४ जनाको पीसीआर परीक्षण गरेको थियो ।

त्यसमा संसद सचिवालयका दुई जना कर्मचारीको पनि कोभिड १९ पोजेटिभ आएको संघीय संसदका प्रवक्ता डा रोजनाथ पाण्डेले बताए ।

उनका अनुसार संक्रमित हुने सांसदहरुमा लक्ष्मणलाल कर्ण, नरमाया ढकाल, रामबाबु यादव र पार्वता डिसी चौधरी रहेका छन् । कर्ण, ढकाल र यादव जनता समाजवादी पार्टीबाट निर्वाचित सांसद हुन् भने चौधरी नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन् ।

प्रवक्ता पाण्डेले हिजो र आज कुल १ हजार १३४ जनाको नमूना संकलन गरी परीक्षणका लागि पठाइएको र केहीको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए । उनले अझै केही बाँकी रहेको भन्दै उनीहरुको भोली पनि नमूना लिने योजना भएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *