आज मध्यान्नसम्म ४ हजार भाइल रेम्डेसिभिर काठमाडौँ आइपुग्दै

काठमाडौँ, २३ बैशाख । कोरोनाका गम्भीर विरामीहरुलाई प्रयोग हुने रेम्डेसिभिर इन्जेक्सनको थप ४ हजार भाइल आज मध्यान्न १२ बजेसम्म काठमाडौँ आइपुग्ने भएको छ ।

औषधि व्यवस्था विभागले इन्सेक्ट्रा बंगलादेशबाट १० हजार भाइल रेम्डेसिभिर ल्याउने अनुमति दिएपछि आयत प्रक्रिया शुरु गरेको आयान हेल्थकेयर प्रालिले आज ४ हजार भाइल रेम्डेसिभिर काठमाडौँ भित्र्याउन लागेको हो । त्यसो त सो कम्पनीलाई विभागले अहिले थप २५ हजार भाइल रेम्डेसिभिर ल्याउन अनुमति दिईसकेको छ ।

आयानका अध्यक्ष मोह्मद सानी ठकुराईले बंगलादेशबाट एक साता अघि नै औषधि बोकेको गाडी हिडे पनि सार्वजनिक विदा र अन्य विविध कारणले औषधि आइपुग्न केही ढिलाई भएको बताए । औषधि बोकेको गाडी कहाँ आइपुग्यो ? भन्ने प्रश्नमा उनले भने, ‘दुरीको हिसावले अव धेरै टाढा छैन्, तर ठूलो गाडी छ काठमाडौँ आइपुग्दा ११ – १२ बज्छ होला ।’

उनले अहिले आएको औषधि उपत्यका बाहिरका कोभिड अस्पताललाई प्राथमिकतामा राखेर वितरण गरिने योजना भएको सुनाए । ‘स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागले यसपटक बढी प्रभावित उपत्यका बाहिरका अस्पतालहरुलाई प्राथमिकतामा राख्नु भनेको छ । हामीले त्यहि अनुसार नै मिलाएका छौँ,’ उनले भने । उनले  थप औषधि आगामी साता भित्रै आउने समेत दावी गरे ।

दुई दिन अघि मात्रै हाम्रो मेडि कन्सर्नले बंगलादेशबाट ३ हजार भाइल रेम्डेसिभिर ल्याएको थियो । सो औषधि आएकै दिन अधिकांश उपत्यकाका अस्पताल र केही उपत्यका बाहिरका अस्पतालमा वितरण गरिएको थियो ।

यसपटकको कोभिड१९ को संक्रमणको लहरमा धेरै संक्रमितहरुको सिकिस्त बनेका छन् । रेम्डेसिभिरले ती सिकित्त संक्रमितको उपचारमा प्रभावकारी मानिएको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *