बुधबार देशभर थपिए ८ हजार ६५९ जना कोरोना संक्रमित, ५८ जनाको मृत्यु

काठमाडौँ, २२ बैशाख । नेपालमा पछिल्लो चौविस घण्टामा देशभर थप ८ हजार ६ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप ५८ जना संक्रमितको मृत्यु भएको छ । यो संख्या नेपालमा कोरोना संक्रमण सुरुभए यताकै सबैभन्दा बढी हो । त्यसैगरी थप १ हजार ९ सय ९३ जना भने निको भई घर फिर्किएका छन् । अहिले निको हुने दर ८०.६ प्रतिशतमा झरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार २० हजार ७ सय ५६ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ८ हजार ६ सय ५ जना र ६१६ जनाको एन्टीजेन परीक्षण गर्दा ५४ जना गरी थप ८ हजार ६ सय ५९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२पुगेको छ । क्वारेनटीनमा ३१८ जना छन् । देशभरका कोभिड अस्पतालका आइसीयूमा ६ सय र भेन्टीलेटरमा १५६ जना उपचाररत छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४७५ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *