काठमाडौँ आइपुग्यो रेम्डेसिभिर, कोभिड अस्पतालहरुमा पठाउन थालिदै

चुच्चेपाटीस्थित हाम्रो मेडिकन्सर्नमा रेम्डेसिभिर लिन पुगेकाहरु

काठमाडौं, २१ बैशाख । औषधि आयात गर्ने निजी संस्था हाम्रो मेडि कन्सर्नले बेक्सिम्को बंगादेशबाट झिकाएको २० हजार मध्ये ३ हजार भाइल रेम्डेसिभिर औषधि काठमाडौँ आइपुगेको छ । रेम्डेसिभिर आउनासाथ हाम्रो मेडि कन्सर्नले वितरण शुरु गरेको छ ।

पहिलो प्राथमिकतामा सरकारले तोकेका कोभिड अस्पतालहरु छन् । त्यसबाहेक कोभिडको उपचार गर्ने उपत्यकाका अन्य अस्पतालमा पनि आजै रेम्डेसिभिर वितरण गर्ने हाम्रो मेडि कन्सर्नले जनाएको छ । यस्तै उपत्यका बाहिरका अस्पतालहरुमा पनि आवश्यकताको आधारमा प्राथमिकताका साथ पठाउन थालिएको हाम्रो मेडि कन्सर्नका प्रमुख शम्भु कार्कीले बताए ।

पहिलो लटमा केही थोरै आएको र सबैलाई पुरयाउन पर्ने भएकोले अस्पतालहरुलाई आज अधिकतम ५४ भाइलसम्म पठाइने उनले जानकारी दिए ।

त्यसो त भोलि नै थप चार हजार भाइल आयान हेल्थ केयर प्रालिले काठमाडौँ ल्याइसक्ने बताएको छ ।

नेपाल औषधि आयात कर्ता संघका महासचिव पवन आचार्य रेम्डेसिभिर आउन थालेको र थप ल्याउनका लागि अरु कम्पनी पनि पाइपलाइनमा भएकोले यसको अभाव नहुने बताउँछन । उनले अनावश्यक रुपमा औषधि खरीद नगरीदिन पनि आम सर्वसाधारणसंग अपिल गरेका छन् ।

‘औषधि अव अस्पतालमा पुग्छ । आवश्यक परेकाहरुलाई चिकित्सकले दिनु नै हुन्छ । पछिको लागि चाहिन सक्छ भनेर कसैले स्टोर गरेर राख्यो भने त अभाव हुन थाल्छ । त्यसैले महामारीबिरुद्ध हामी सबै सबैलाई सहयोग गर्ने बाताबरण बनाऔं,’ उनले भने ।

पछिल्लो समय रेम्डेसिभिर औषधिको अत्यधिक माग हुँदा कालोबजारी समेत भएको खवर सार्वजनिक भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *