‘रिटायर्ड’ चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक बर्षे करारमा लिने सरकारको घोषणा

 

काठमाडौँ, २० बैशाख । सरकारले निबृत्त भएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक बर्षका लागि करारमा नियुक्ति गर्ने भएको छ । कोरोना महामारी बढेपछि देखिएको जनशक्ति अभावलाई पूर्ति गर्न यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्वोधन गर्ने क्रममा सो जानकारी दिएका हुन् ।

उनले कोभिडको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता, उपचारको व्यवस्था (परिवारका सदस्य) समेतलाई मिलाइएको समेत जानकारी दिए ।

उनले काठमाडौँ अस्पतालमा वीर अस्पताल, त्रिचन्द्र मेलिटरी अस्पताल सहित ठूला सरकारी तथा निजी अस्पतालमा थप कोभिड युनिट सञ्चालनमा ल्याउन लागेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले काठमाडौँ उपत्यका सहित सातवटै प्रदेशमा तत्काल १ – १ हजार बेडको कोभिड अस्पताल बनाउन नेपाली सेनालाई निर्देशन दिइएको बताए ।

उनले सबै अस्पताललाई कोभिडका लागि छुट्याएको बेड, त्यसमा भर्ना भएका बिरामी, आइसीयू, एचडीयु लगायतका विवरण दैनिक अपडेट मन्त्रालयलाई दिन समेत निर्देशन दिएका छन् । बेड लुकाएको पाइए कार्वाही गर्ने समेत चेतावनी दिएका छन् ।

उनले नाकाबाट नेपाल प्रवेश गर्ने सबैको एन्टीजेन टेष्ट गर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *