कोरोनाबिरुद्ध सघाउन नेपाललाई अमेरिकाद्धारा एक अर्व बढीको सहयोग दिने घोषणा

काठमाडौँ, १८ बैशाख । संयुक्त राज्य अमेरिकाले नेपालमा देखिएको कोरोनाको दोस्रो लहरबिरुद्धको लड्नका लागि ८५ लाख डलर ( रु १ अर्व १ करोड भन्दा बढी) बराबरको आपतकालिन प्रतिकार्य सहयोग उपलव्ध गराउने घोषणा गरेको छ ।

अमेरिकाले सो सहयोग युएसएआईडी मार्फत उपलव्ध गराउने स्पष्ट पारेको हो ।

नेपालस्थित अमेरिकी दुतावासले नेपालमा कोभिड – १९ को केसको संख्या बढेर फेरी असहज परिस्थिति सृजना हुनलागेको पृष्ठभूमिमा सो सहयोग उपलव्ध गराउन लागेको जानकारी दिएको छ ।

उसले सहयोग रकम नेपाली जनताको रोगसँग लड्ने क्षमता विकासका साथै नेपालसरकारको कोभिड १९ को जाँच, व्यवस्थापन, उपचार, संक्रमण नियन्त्रण तथा तीन तहको सरकारका कोभिडसम्बन्धी विभिन्न कार्यक्रमलाई तिब्रता दिनका लागि खर्च हुने समेत जानकारी दिएको छ ।

यसअघि कोरोनाको दोस्रो लहरलाई सहयोग गर्न यसै साता छिमेकी मुलुक चीनले ५० लाख चिनियाँ युआन (आरएमवी) बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने घोषणा गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *