रुसी राजदूतले भेटे प्रधानमन्त्रीलाई, स्पुतनिक भी तत्काल ल्याउने विषयमा छलफल


काठमाडौँ, १७ बैशाख । कोरोना संक्रमणले तिब्रता लिएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार नेपालका लागि रुसी महासंघका राजदुत अलेक्सेई नोभिकोभले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालले रुसबाट खरिद गर्ने क्रममा रहेको कोभिड विरुद्धको खोप ९स्पुतनिक भी० तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न राजदुत नोभिकोभलाई आग्रह गरेका छन् ।

जवाफमा राजदुत नेभिकोभसहितका प्रतिनिधिहरुले त्यसतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

भेटमा दुई पक्षीय सम्बन्धका अन्य आयाम माथि चर्चा भएको थियो । भेटमा दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएका प्रयासहरुलाई थप गति दिने बारे पनि छलफल भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *