लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी डा विकास देवकोटालाई

काठमाडौँ, १६ बैशाख । लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको जिम्मेवारी डा विकास देवकोटाले पाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य मन्त्रालयका एघारौँ तहका चिकित्सक डा देवकोटालाई लुम्बिनीको स्वास्थ्य सम्हाल्ने गरी पठाउने निर्णय गरको हो ।

‘मैले आज पत्र पाएको छु । सम्भवत पर्सी त्यसतर्फ जानेछु,’ डा देवकोटाले भने ।

प्रदेश मन्त्रालयमा यसअघि स्वास्थ्य सचिवको जिम्मेवारीमा स्वास्थ्य समूहका व्यक्ति पुगेका थिएनन् ।

डा देवकोटा स्वास्थ्य समूहबाट प्रदेशको सचिव बन्ने पहिलो स्वास्थ्यकर्मी बनेका छन् ।

त्यसो त प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गठन गर्ने लुम्बिनी पहिलो हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *