बंगलादेशबाट हिड्यो रेम्डेसिभिर तर नेपाल आइपुग्न चार दिन लाग्ने

काठमाडौँ, १६ बैशाख । कोरोना संक्रमण बढेसंगै कोरोनाविरुद्ध प्रयोग हुने औषधि रेम्डेसिभिरको माग पनि अत्यधिक बढेको छ । माग बढ्दा अहिले देशभर यो औषधिको अभाव शुरु हुन थालेको छ ।

रेम्डेसिभिरको पुरानो मौज्दात सकिनै लाग्दा बंगलादेशबाट ल्याउने भनिएको रेम्डेसिभिर आइपुगेको छैन् । रेम्डेसिभिर ल्याउन अनुमति पाएका औषधि आयातकर्ताहरुले रेम्डेसिभिर काठमाडौँ आइपुग्न अझै चार दिन लाग्ने बताएका छन् ।

औषधि व्यवस्था विभागले गत २२ चैतमा हाम्रो मेडि कन्सर्नलाई २० हजार भाइल र आयान हेल्थ केयर प्रालिलाई १० हजार भाइल रेम्डेसिभिर ल्याउन अनुमति दिएको थियो । ती कम्पनीहरुले क्रमश बेक्सिम्को फर्मास्यिुटिकल्स र इन्सेक्ट्रा बंगलादेशबाट औषधि ल्याउने अनुमति पाएका हुन् ।

हाम्रो मेडि कन्सर्नका निर्देशक शम्भु कार्कीले बंगलादेशबाट औषधि बोकेर गाडी नेपालका लागि हिडिसकेको भएपनि काठमाडाँै आइपुग्न तीन चार दिन लाग्ने बताए । उनले भने, ‘गाडी भोलि बंगलादेश र भारतको बोर्डरमा पुग्छ तर शुक्रबार सरकारी काम त्यहाँ बन्द हुन्छ । फेरी शनिबार आइतबार भारतमा विदा हुने । र यहीबीचमा मे दिवस पनि परेको हुँदा गाडी रोकिनु पर्ने भयो । त्यसैले यहाँ आइपुग्न ढिलाई हुने देखिएको हो ।’

कार्कीले पहिलो लटमा ३ हजार भाइल र एक साता भित्र थप ५ हजार भाइल रेम्डेसिभिर  ल्याउन लागेको बताए ।

अर्को कम्पनी आयान हेल्थ केयर प्रालिले पनि नेपालका लागि रेम्डेसिभिर औषधि हिडिसिकेको बतायो । आयानले इन्सेक्ट्रा बंगलादेशबाट १० हजार भाइल रेम्डेसिभिर ल्याउँदै छ । पहिलो लटमा ४ हजार भाइल ल्याउँदै गरेको आयानले सोही हप्ता थप ६ हजार ल्याइसक्ने बताएको छ ।

आयानका अध्यक्ष मोह्मद सानी ठकुराईले बंगलादेशबाट औषधि बोकेको गाडी हिडिसकेको भएपनि आइतबार बेलुका वा सोमबार विहानसम्म मात्रै औषधि काठमाडौँ आइपुग्ने बताए । उनले हवाई मार्गबाट ल्याउन सिधा उडान नभएको र तेस्रो मुलुकबाट ल्याउन १० दिन लाग्ने भएपछि केही छिटोहोस भनेर स्थल मार्गबाट ल्याउन लोको स्पष्ट पारे ।

औषधि व्यवस्था विभागले यी दुई कम्पनीलाई बिरामीले ५ हजार १ सय रुपैयाँ नबढ्ने गरी औषधि पाउने व्यवस्था मिलाउन भन्दै सम्झौँता गरेको छ । दुबै आयात कर्ताले बिरामीले ५ हजार १०० रुपैयाँमा ६ भाइल रेम्डेसिभिर पाउने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *