स्वास्थ्य सेवाका १५ जना डाक्टर एघारौं तहमा बढुवा

काठमाडौँ, १५ बैशाख । सरकारले स्वास्थ्य सेवा समूह अन्तरगत कार्यरत १५ जना चिकित्सकलाई एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको छ । गत ९ र १३ बैशाखमा बसेको मन्त्रिपरिषदको बैठकले १५ जना चिकित्सकलाई एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको हो ।

गत ९ बैशाखको मन्त्रिपरिषद बैठकबाट बढुवा सूचीमा पर्नुहुनेमा डा विमल शर्मा चालिसे, डा सूर्यबहादुर हमाल ठकुरी, डा जीतनारायण प्रसाद यादव र डा विनोद शेरचन रहेका छन् । यस्तै डा केशव पौडेल, डा हेन्सन खड्का, डा सुनिलकुमार साह र डा विनाप्रजापति मानन्धर पनि एघारौँ तहमा बढुवा भएका छन् ।

यस्तै गत १३ बैशाखमा बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य मन्त्रालयकै सिफारिसमा थप ७ जना चिकित्सकलाई एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको छ । त्यसरी बढुवा हुनेहरुमा डा सुनिलमणि पोखरेल, डा राजेश अधिकारी, डा प्रकाशप्रसाद साह, डा रोशन न्यौपाने, डा पवनजंघ रायमाझी, डा केशव पण्डित र डा विजयकुमार झा रहेका छन् ।

गत ९ र १३ बैशाखमा बसेको मन्त्रिपरिषदले गरेका निर्णय सुनाउने क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सो जानकारी दिएका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *